विश्वमा एक लाख ४ हजार कोरोना संक्रमितको अवस्था गम्भीर


विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ९ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख ८ हजार ८४६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख ७४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० करोड ५९ लाख ६ हजार ७७५ पेगेको छ । हालसम्म विश्वमा ७ करोड ७५ लाख २४ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख १८ हजार ६ सय भन्दाबढी निको भएका छन् ।

संक्रमितमध्ये २ करोड ५९ लाख २८ हजार ५८५ जना सक्रिय संक्रिमत रहेका छन् भने १ लाख ४ हजार ९९७ जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा चार लाख ७० हजार ७०५ जनाको मृत्यु भएको छ ।

२ करोड ७४ लाख भन्दा बढी संक्रमित भएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितका संख्या १ करोड ८ लाख १५ हजार नाघेको छ भने १ लाख ५४ हजार ९ सय बढीको मृत्यु भएको छ ।