खेलाडीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा प्रशिक्षकलाई १० वर्ष जेल सजाय



दक्षिण कोरियामा महिला खेलाडीलाई यौन दुव्र्यवहार गरेको आरोपमा एक प्रशिक्षकलाई दश वर्षको जेल सजाय सुनाइएको छ । स्पीड स्केटिङ् खेलका पूर्वप्रशिक्षक चो जे–ब्योमलाई खेलाडी शिम सुक–हिलाई सन् २०१८ को शीतकालीन ओलिम्पिक्स खेल अगाडि यौन आक्रमण गरेको आरोपमा दोषी पाइएको हो । ती प्रशिक्षकले आफूले केवल खेलाडीलाई गाली गरेको र शारीरिक सजाय दिएको बताएका छन् ।

यो घटना विश्वव्यापी मिटु अभियानको समयमा दक्षिण कोरियाली खेलाडीहरूले प्रशिक्षकहरूमाथि दुव्र्यवहारको आरोप लगाएको सिलसिलामा पहिलोपटक प्रकाशमा आएको थियो । ओलिम्पिकमा स्पीड स्केटिङ्को सर्ट–ट्र्याक स्पर्धामा स्वर्णपदक विजेता शिम सुक–हिले सबैभन्दा पहिले सन् २०१८ को जनवरीमा उक्त आरोप लगाएकी थिइन् ।

ती प्रशिक्षकले आफू सानो उमेरको हुँदादेखि नै पटक–पटक दुव्र्यवहार गरेको उनले बताएकी थिइन् । सात वर्षको उमेरमै आफूलाई तिनले कुटपिट गरेको र आइस हकी स्टिकले पिटेर औँला भाँचिदिएको उनले बताइन् । त्यसपछि अन्य खेलाडीहरूपनि अघि सरेका थिए। त्यतिखेर उनलाई शिम तथा अन्य तीनजना खेलाडीलाई कुटपिट गरेकोमा १० महिनाको जेल सजाय सुनाइएको थियो ।

तर सन् २०१८ को डिसेम्बरमा २१ वर्षीया शिमले चोमाथि यौन हमलाको आरोप लगाइन्।त्यस्तो यौन हमला र दुव्र्यवहार आफू विद्यार्थी रहेकै बेला सन् २०१४ बाट सुरु भएको र सन् २०१८ को प्योङ्गचाङ्ग शीतकालीन ओलिम्पिक खेल अगाडिसम्म जारी रहेको शिमले बताएकी थिइन् ।

उनले लगाएका यौन दुव्र्यवहारका नयाँ आरोपहरूपश्चात् अढाई लाख दक्षिण कोरियालीहरूले ती प्रशिक्षकलाई अझ लामो कैद सजाय हुनुपर्ने माग गर्दै एक निवेदनमा हस्ताक्षर गरेका थिए । प्रशिक्षक चोले ती आरोप अस्वीकार गरेका थिए। उनले केवल अनुशासनका निम्ति शिमलाई गाली गरेको तथा शारीरिक सजाय दिएको बताएका थिए ।

तर अदालतले उनलाई कैद सजायको साथै २०० घण्टाको यौन दुव्र्यवहार गर्नेहरूलाई दिइने परामर्श उपचार गराउन आदेश दिएको छ । साथै सात वर्षसम्म उनले बालबालिका तथा युवायुवतीसँग काम गर्न पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हरदीप सिंहका हत्यारा पक्राउ कानुनी शासनको उदाहरणः प्रधानमन्त्री ट्रुडो

  प्रधानमन्त्री जस्टिन ट्रुडोले  क्यानाडाका सिख समुदायमा डर रहेको स्वीकार गरेका छन् ।

अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट ६ सयभन्दा बढीको उद्धार

  अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी

गुगल प्ले स्टोरमा सामसुङको ‘गुड लक’ एप

सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले

इजरायल र हमासबीच काएरोमा वार्ता

बीबीसी । इजरायलीहरुे युद्धविरामसँगै हमासद्वारा बन्धक बनाइएकाहरूलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन गरेका