बग्दादमा भएका दुई आत्मघाती विस्फोटमा २८ जनाको मृत्यु



इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार गराइएका दुईवटा आत्मघाती बम विष्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । बग्दादको ताइरन स्क्वाएरमा रहेको प्रयोग भइसकेका कपडाको पुनः विक्री गर्ने बजारमा भएको आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको र अन्य ७३ जना घाइते भएका स्थानीय अस्पतालका चिकित्सक तथा प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

उक्त बजार महामारी नियन्त्रणका लागि झण्डै एक वर्षसम्म बन्द गरी हालै मात्र खोलिएको थियो । इराकी गृह मन्त्रालयको विज्ञप्तिमा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनिएको छ, “पहिलो आत्मघाती आक्रमणकारी बिरामी भएको अभिनय गर्दै बजारमा आएको र उसलाई हेर्न मानिसहरू भेला भएका समय विस्फोट गराएको थियो भने थप व्यक्ति त्यस ठाउमा पुगेका समय फेरि अर्को विस्फोट गराइएको थियो ।”

घटनापछि उक्त स्थानमा पुगेका एएफपी फोटोग्राफरले जनाए अनुसार उक्त स्थानलाई तत्काल सुरक्षा बलले घेरा हालेको थियो । घटनास्थलमा तत्काल स्वास्थ्यकर्मीसमेत पुगी दुर्घटनाग्रस्त स्थलबाट घाइतेहरूलाई प्राथमिक उपचारपछि अस्पताल लान सघाएका थिए । बिहीबारको आक्रमण वग्दादमा सन् २०१८ को जनवरीपछि भएको सबैभन्दा रक्तपातपूर्ण घटना थियो । सन् २०१८ मा पनि सोही इलाकामा भएको यस्तै विस्फोटमा ३० व्यक्तिको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माका सयौँ सरकारी कर्मचारी जातीय सशस्त्र समूहको कब्जामा

  म्यान्माको एक जातीय सशस्त्र समूहले उसले एक सैन्य कमान्डलाई कब्जा गरेको र

युक्रेन युद्ध रोक्न र निष्पक्ष व्यापारमा सहमत हुन सीलाई म्याक्रोनको दबाब

  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान

इजरायलद्वारा पूर्वी रफाह तत्काल खाली गर्न सूचना जारी

  देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई तत्काल खाली

युक्रेन नजिकै सेनालाई आणविक अभ्यास गर्न पुटिनको आदेश

  रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३०