सादिर जपारोफ किर्गिस्तानको राष्ट्रपति बन्दै



किर्गिस्तानको राष्ट्रपतीय चुनावको अग्रभागमा रहेका सादिर जपारोफ ठूलो मतका साथ विजयी भएको चुनावको प्रारम्भिक परिणामले देखाएको छ । धेरै मत गणना भइसकेको छ। त्यसको आंशिक परिणाम अनुसार उनले ८० प्रतिशत मत प्राप्त गरेका छन् । राजनीतिक प्रतिद्वन्द्वीलाई बन्धक बनाएको आरोपमा जपारोफले जेल जीवन बिताएका थिए ।

अब उनले संविधान संशोधन गर्न भएको मतदानपछि राष्ट्रपतिको नयाँ शक्ति हातमा लिनेछन् । गत अक्टोबर महिनामा भएको संसदीय चुनावपछि किर्गिस्तान सङ्कटमा छ । उक्त चुनावको परिणाम विवादित बनेको थियो। त्यसले विरोधहरू निम्त्याउनुका साथै तत्कालीन राष्ट्रपति सोरोनबी जेनबेयकोफलाई राजीनामा दिन बाध्य पारेको थियो ।

राजधानी बिश्केकस्थित चुनावी अभियानको मुख्यालयमा आइतवार दिएको आफ्नो विजयी सम्बोधनमा जपारोफले भ्रष्टाचारमुक्त खुला सरकारका साथ देश हाँक्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘हामीले अघिल्लो सरकारका गल्ती दोहोर्याउने छैनौँ, ३० वर्षभन्दा धेरै समयदेखि हाम्रो देशको सबै क्षेत्रमा भ्रष्टाचारले जरो गाडेको छ, अबदेखि हामीले त्यो सहने छैनौँ।’ उनले किर्गिस्तानको आर्थिक हालतलाई पनि तीनदेखि पाँच वर्षसम्ममा ठाउँमा ल्याउने लक्ष्य लिएको जानकारी गराए । त्यहाँ पछिल्ला वर्षमा बेरोजगारी निकै बढेको छ जसका कारण कामको खोजीमा थुप्रै युवा विदेशिन बाध्य भएका छन् ।

आइतवार नै भएको जनमत सङ्ग्रहमा मतदाताले राष्ट्रपतीय प्रणाली स्वीकार गरेका छन् । नयाँ संविधान परित भएपछि जपारोफलाई ठूलो शासकीय शक्ति प्राप्त हुनेछ । उनले नयाँ संविधान लागु भएपछि देशमा राजनीतिक सुधार हुने र सरकारको नयाँ संरचना बन्ने बताए ।

जपारोफले चार वर्ष निर्वासनमा बिताएका थिए। विपक्षी राजनीतिककर्मीलाई बन्धक बनाएको आरोपमा गत अक्टोबर महिनासम्म उनी जेलमा थिए । धाँधली भएको भनि व्यापक रूपमा ठानिएको संसदीय चुनावपछि सडकमा उत्रिएका उनका राजनीतिक समर्थकहरूले उनलाई जेलमुक्त गराएका थिए । प्रदर्शनका कारण निर्वाचन अधिकारीहरू परिणाम रद्द गर्न बाध्य भए र सरकार भङ्ग भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८