भारतको एउटा अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु



महाराष्ट्र राज्यको भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । शनिवार बिहान २ बजे न्यूबर्न केयर युनिटमा आगो लागेको थियो।

उक्त युनिटबाट सातजना शिशुलाई सुरक्षित निकालिएको थियो। भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा पर्छ । अस्पताल भवनमा आगलागीका कारण धुवाँ भरिँदा सास फेर्न गाह्रो भएर नवजात शिशुहरूको मृत्यु भएको बताइएको छ ।

मुम्बई मिररका अनुसार अस्पतालका कर्मचारीले उक्त कक्षको ढोका खोल्दा त्यहाँ धुँवा भरिएको थियो। त्यसपछि अस्पतालका वरिष्ठ अधिकारीहरूलाई घटनाबारे खबर दिइएको थियो । लगत्तै अग्नि नियन्त्रक अस्पताल पुगेका थिए। जिल्लाका प्रशासनिक निकायका अधिकारीहरू र प्रहरी अधिकारी पनि अस्पताल पुगेको बताइएको छ।

भण्डारा जिल्लाका प्रहरी अधिकारी बसन्त जाधवले उक्त घटनाबारे जाँचबुझ सुरु भएको बताएका छन् । शल्य चिकित्सक प्रमोद खाण्डेतले समाचार पत्र टाइम्स अफ इण्डियालाई तीन चार जना बच्चा जलेर मरेको बताएका छन् र बाँकीको अक्सिजन आपूर्ति रोकिएर भएको उनले बताए । उनका अनुसार केही बच्चा अस्पतालमै जन्मिएका थिए र केही उपचारका लागि बाहिरबाट आएका थिए ।

टाइम्स अफ इण्डियाको खबर अनुसार झट्ट हेर्दा बिजुलीको तारमा आएको खराबीका कारण आगलागी भएको देखिएको छ । घटना हुँदा एक चिकित्सक र एक नर्स ड्यूटीमा थिए । यसैबीच कंग्रेस नेता राहुल गान्धीले ट्वीट गर्दै बच्चाहरूको मृत्यु प्रति दुःख व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका