उत्तर प्रदेशमा दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु, ३८ घाइते



भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा कम्तीमा ३८ जना घाइते भएका बताइएको छ ।

घटना लगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ । मेरठका विभागीय आयुक्त सी मेश्रामले हालसम्म १७ जनाको मृत्यु भएको र दर्जनौ व्यक्ति घाइते भएका जानकारी दिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भनेका छन्, “दुखद् घटना भएको छ । मैले जिल्ला अधिकारीहरूलाई राहत अभियान सञ्चालन गर्न निर्देशन दिएको छु ।”

केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले उक्त घटनामा मृतकको परिवारप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आफन्तको अन्तिम संस्कारमा सहभागिता जनाउन गएका समय दाहसंस्कारस्थलको कौसी भत्किएपछि छानो खसेको थियो ।

मृतकमध्ये अधिकांश व्यक्तिहरू घटनास्थलमा नै मृत भेटिएका थिए भने केहीको अस्पतालमा पुगेपछि उपचारका क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’