अफगानिस्तानमा सुरक्षाकारबाहीमा ७४ विद्रोहीको मृत्यु



अफगानिस्तानको सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

अमेरिकी प्रतिनिधिले तालीवानी समूहसँग अफगानिस्तानको शान्तिका लागि गरेको सम्झौतापछि केही मत्थर बनेको द्वन्द्व सरकार र विद्रोहीले आफ्नो प्रभाब देखाउन गरेका आक्रमण र प्रत्याक्रमका कारण थप सक्रिय देखिँदा सम्झौताबाट आशावादी बनेको विश्व समुदाय चिन्तित बनेको छ । रक्षामन्त्रालयले ट्वीटरमार्फत् जारी सूचनामा भनिएको छ, “कान्दाहारको झेरिया, दाँद, पञ्ज्वाव र अर्गान्दाब जिल्लाहरूमा विगत २४ घण्टामा गरिएका कार्बाहीमा ७४ तालीवान लडाकूको मृत्यु भएको छ ।”

सरकारी सेनाको नियन्त्रणमा रहेको भूभागमा विद्रोहीले आक्रमणको तयारी थालेको आरोप लगाउँदै सेनाले सुरु गरेको कार्बाहीका क्रममा उनीहरूको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कार्बाहीका क्रममा विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हतियार तथा बन्दोबस्तीका सामान नियन्त्रणमा लिएको सरकारी अधिकारीले दावी गरेका छन् । कान्दाहारमा हालैका दिनमा भीषण झडप भएका र यसका कारण अघिल्लो साता मात्र ८२ व्यक्तिको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक