चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म विश्वमा मृत्यु हुनेको संख्या १६ लाख ६६ हजार नाघेको छ । वल्डोमिटरका अनुसार शुक्रबार बिहानसम्म संक्रमितमध्ये १६ लाख ६६ हजार नौ सय ७१ जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी विश्वभरमा पाँच करोड २७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा पाँच करोड २७ लाख ९८ हजार पाँच सय ७८ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
त्यसैगरी सात करोड ५२ लाख २२ हजार चार सय १६ जनामा कोरोना संक्रमण भएको छ । हाल विश्वमा दुई करोड सात लाख ५५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म १ करोड ७५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड दुई लाख ५१ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख १७ हजार चार सय ८६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म ९९ लाख ७७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
संक्रमितमध्ये ९५ लाख १९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४४ हजार आठ सय २९ पुगेको छ ।

प्रतिक्रिया