काठमाडौँ । नेपालमा विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट भने फिर्ता भएको छ । वासिङ्गटनमा बसेको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो ।
श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने उल्लेख थियो । एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने जनाए पनि श्रीलंका सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन । परियोजना सन् २०१६ मै छनौट भए पनि काम भने अघि बढ्न सकेको थिएन ।

प्रतिक्रिया