विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ७ करोड ३८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ८० हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ७ करोड ३८ लाख ०३ हजार ३२० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १२ हजार ५३१ जना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ लाख ४१ हजार ४४० पुगेको छ ।
संक्रमितमध्ये हासम्म ५ करोड १८ लाख १३ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् । विश्वमा २ करोड ३ लाख ४७ हजार भन्दाबढी सक्रिय संक्रमित छन् भने १ लाख १७ हजार ८७७ जना गम्भीर बिरामी छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ७१ लाख ४३ हजार ७७९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड भन्दाबढी संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ११ हजार नाघेको छ । त्यसैगरी, भारतमा सक्रमितको संख्या ९९ लाख ३२ हजार ९०८ पुगेको छ ।
संक्रमितमध्ये एक लाख ४४ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९४ लाख ५५ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६९ लाख ७४ हजार नाघेको छ भने १ लाख ८२ हजार ८५४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६० लाख ६७ हजार भन्दा बढी निको भएका छन् ।

प्रतिक्रिया