जापान । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना भाईरस संक्रमणको जोखिम बढेपछि जापानभर गो टु ट्राभल अभियान स्थगित गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री सुगाले डिसेम्बर १४ तारिखमा प्रधानमन्त्री कार्यालयमा बोल्दै देशव्यापी रुपमा गो टु ट्राभलसँग सम्वन्धित सबै कार्यक्रम डिसेम्बर २८ देखी जनवरी ११ सम्म दुईसाताको लागि स्थगित गरिएको घोषणा गरेका हुन् ।
जापान सरकारले आन्तरिक पर्यटन प्रर्वद्धनका लागि लागू गरिएको गो टु ट्राभल अभियान स्थगित गर्ने घोषणा गरेको हो ।
देशभर कोरोना संक्रमणको गति बढ्दै जादा संक्रमणको जोखिम बढेको पाईएकोले गो टु ट्राभल अभियान केहि समयको लागि रोक्न बाध्य भएको प्रधानमन्त्री सुगाले बताए । नयाँ बर्षको नजिकिदै गरेको समयमा स्वास्थ्य संस्थाहरुमाथिको दबाव कम गर्न यस्तो निर्णय गरिएको प्रधानमन्त्री सुगाको भनाई थियो ।
कोरोना संक्रमित उपचार गर्ने स्वास्थ्य संस्थाको लागि सरकारले आवश्यक थप सहयोग गर्ने घोषणा गर्दै प्रधानमन्त्री सुगाले जनवरी ११ तारिखअघि कोरोना संक्रमणको अवस्था हेरेर थप निर्णय गरिने बताएका छन् ।

प्रतिक्रिया