लाहोरको प्रदर्शन रोक्न कडा लकडाउन घोषणा


पाकिस्तानको लाहोरमा सरकारले लकडाउनको घोषणा गरेको छ । पञ्जाजको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा कडा खालको लकडाउनको घोषणा गरेको छ ।

गएरातिदेखि यही डिसेम्बर २५ सम्मका लागि मानिसहरु जम्मा हुन नपाइने गरी लकडाउन घोषणा गरिएको हो । आज लाहोरमा पाकिस्तानको सरकारका विरुद्धमा विपक्षीहरुले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । उनीहरुले विरोध प्रदर्शनले सरकारलाई नैतिक प्रश्न उठाउने बताएका थिए । उता प्रधानमन्त्री इमरान खानले भने विरोध जुलुश ननिकाल्न अनुरोध गरेका थिए ।

विपक्षीहरुले भने विरोध प्रदर्शन नरोक्ने बताएका थिए । यहाँका विभिन्न ११ वटा विपक्षी दलले आन्दोलनलाई जारी राख्ने बताएका छन् । सरकारले भने पछिल्लो समयमा पाकिस्तानमा कोभिड १९ को असर निकै बढ्दै गएकाले यसले झन् संक्रमण बढ्ने भन्दै देशमा ठूलो संख्यामा जुलुश ननिकाल्न बताउदै आएको छ ।

पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा विभिन्न ११ वटा विपक्षी दलहरुले आन्दोलनलाई जारी राखेका छन् । ती विपक्षी दलहरुले आइतबार पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी विगत देखि नै गर्दै आएका हुन् ।