फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको जनाएको हो । यसै हप्ता आएको आँधीबाट अरु १२ जना हराइरहेका छन् ।
आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका केन्द्रले जनाएको छ । अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी यहाँ आँधीले पुर्याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् ।

प्रतिक्रिया