इजिप्टमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ७ सैनिकको मृत्यु



इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ ।

इजिप्टको सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको थियो । दुर्घटनामा आठ सैनिक गम्भीर घाइते भएका छन् ।

बहुराष्ट्रिय सैन्य तथा निरीक्षण केन्द्रका अनुसार दुर्घटनामा फ्रान्स र चेक गणतन्त्रका एक एक सैनिकको पनि ज्यान गएको छ । मृत्यु भएकाहरुको नाम सार्वजनिक गरिएको छैन । घाइते सैनिकहरु सबै अमेरिकी रहेका छन् ।

केन्द्रले इजिप्टको लाल सागरको तटीय पर्यटकीय शहर शार्म एल–शेख नजिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको जनाएको छ । उक्त दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको छ ।

एक जना इजिप्टका सैनिक अधिकारीका अनुसार उक्त हेलिकप्टर इजिप्टको सीमाभन्दा बाहिर लाल सागरमा दुर्घटना भएको थियो ।
घाइते सैनिकहरुलाई उद्धार गरी इजरायलस्थित शहर इलातमा ल्याइएको इजरायली सेनाले जनाएको छ । केन्द्रले हेलिकप्टरमाथि कुनै पनि समूहले आक्रमण गरेको देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेक्सिकोमा सवारी दुर्घटनामा कम्तिमा २१ जनाको मृत्यु

बीबीसी । मध्य मेक्सिकोमा भएको सवारी दुर्घटनामा कम्तिमा २१ जनाको मृत्यु भएको छ

पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल । अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार, पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान

जिहादीको आक्रमणमा नाइजेरियामा चार सैनिकको मृत्यु

नाइजेरिया । उत्तरपूर्वी नाइजेरियाको एक सैनिक शिविरमा इस्लामिक राज्य पश्चिम अफ्रिका प्रान्त (आइसडब्लुएप)

गाजामा खाद्यान्न नाकाबन्दी हटाउन इजरायललाई संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख टम फ्लेचरले गाजामा जातीय नरसंहारको रोकथामका