अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान गएको छ । उक्त प्रान्तको नवा अवाद भन्ने क्षेत्रमा भएको हिंसामा परी ८ जना सर्वसाधारणको ज्यान जानुका साथै अरु सात जना गम्भीर घाइते भएका बताइएको छ ।
नवा अवाद क्षेत्रको एक अवास क्षेत्रमा मोर्टार प्रहार भएको छ । आइतबार साँझ सो क्षेत्रमा मोर्टार प्रहार भएको थियो । तर त्यो मोर्टार कसले र किन हानेको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन ।
तर पनि अफगानिस्तानमा हिंसा गरिरहेका तालिबानहरुले नै सो हमला गरेको हुनसक्ने सुरक्षा निकायले दाबी गरेका छन् । हमलाको तालिबानहरुले भने कुनै जिम्मेवारी लिएका छैनन् ।

प्रतिक्रिया