अस्ट्रिया सरकारले यसै हप्ताको सुरुमा भियनामा भएको घातक आतंककारी हमलापछि मस्जिदहरू बन्द गर्ने निर्णय गरेको छ । गत सोमबार भएको आतङ्ककारी आक्रमणमा चार जनाको मृत्यु भएको थियो । उक्त आक्रमणलाई अस्ट्रियामा यो दशकमा नै भएको पहिलो ठूलो आतंकवादी हमला भनिएको छ ।
भियना आक्रमणमा गोलीबारी गर्ने व्यक्ति २० वर्षका अस्ट्रियाका नागरिक कुज्टिम फेजुलेई भएको र उनी प्रहरीको प्रत्याक्रमणमा मारिएका अल जजीराले बताएको छ । फेज्जुलेई इस्लामिक स्टेटमा सम्मिलित हुन सिरिया गएका र उनी डिसेम्बरमा जेलबाट छुटेका थिए । जेलबाट छुटेदेखि उनले बारम्बार दुईवटा मस्जिदको भ्रमण गरेका थिए । ती दुई मस्जिदहरू भियनाको पश्चिमी सहरमा थिए ।

प्रतिक्रिया