काबुलमा शनिबार भएको विष्फोटमा परी एक पत्रकारसहित तीन जनाको मृत्यु भएको छ । सरकारले विद्रोही तालिवान समूहले गराएको हुनसक्ने बताएको छ । आक्रमणमा पत्रकार यम सियावाससहित तीनको मृत्यु भएको छ ।
आक्रमणको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन । पत्रकार तथा अन्य दुई व्यक्तिलाई लक्षित गरी गराइएको विस्फोट स्थानीय स्तरमा नै निर्माण गरिएको वम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया