अमेरिकी अन्तरिक्षयान छुद्रग्रह बेनुसँगको सम्पर्कमा



अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्वकांक्षी मिशनअन्तर्गत ३० करोड किलोमिटर भन्दा पर रहेको एउटा छुद्रग्रहबाट नमूना सङ्कलन गर्ने काम पूरा गरेको छ । उक्त यान पाँच सय मिटर मात्र फराकिलो रहेको छुद्रग्रह बेनुसँग सम्पर्कमा आएको रेडियो सङ्केत ३३ करोड किलोमिटर परबाट प्राप्त भएको हो ।

दुई वर्षको यात्रा र अर्को दुई वर्ष उपयुक्त अवतरण गर्ने ठाउँको पहिचान गरेपछि नासाको उक्त यानले १६ सेकेन्ड लगाएर त्यहाँबाट केही नमूना लिएको छ । जुन २०२३ मा पृथ्वीमा आउनेछ । बेनु आदिम समयकै पीण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायसन सम्बन्धी रोचक तथ्य भएको हुनसक्ने ठानिएको छ ।

उक्त मिशनले कम्तिमा ६० ग्रामदेखि एक किलोजति नमूना लिने उद्देश्य राखेको थियो । अन्तरिक्षमा बेनु आदिम समयकै पीण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायसन सम्बन्धी रोचक तथ्य भएको हुनसक्ने ठानिएको छ ।

नाशाका प्रशासक जीम ब्राइन्डेन्स्टाइनले ट्वीटमार्फत् चन्द्रमा पुगेको अपोलो कार्यक्रमपछि अन्तरिक्षबाट सबैभन्दा बढि नमूना ल्याइने बताए ।

नाशाका वैज्ञानिकहरूले यस मिशनलाई तीस करोड किलोमिटरभन्दा पर रहेको एउटा विशाल भवन आकारको छुद्रग्रहमा परैबाट नियन्त्रित रूपमा कार पार्क गर्ने प्रयाससँग तुलना गरेका छन् ।

ओसाइरिस रेक्स यानले बेनुको आठ मिटर फराकिलो निशानालाई साढे चार घण्टाजति समय लगाएर छोएको थियो । उसले नमूना सङ्कलन गर्ने प्रक्रियालाई वैज्ञानिकहरूले ’भ्याकुम क्लिनर’को काम गर्ने तरिकासँग तुलना गरेका छन् ।

उक्त नमूनालाई वैज्ञानिकहरूले पुस्तौँपुस्तासम्म अध्ययन गर्नेछन् । त्यससँग साढे चार अर्ब वर्ष अघि सूर्य र गृहहरू अस्तित्वमा आउनुपछाडिका तथ्यहरू हुन सक्ने ठानिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसिया र प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको सङ्ख्या दोब्बर बढ्ने एडिबीको अनुमान

एसियाली विकास बैंक (एडिबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा

बुरुन्डीमा बाढीमा परी कम्तीमा २९ जनाको मृत्यु, लाखौँ मानिस विस्थापित

  गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा कम्तीमा २९ जनाको मृत्यु

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

  अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर

इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता

    इजरायलले अक्टोबर ७ मा सुरु भएको विनासकारी युद्धको श्रङ्खलापछि रोकिएको इजाज