मुलुकको आर्थिक बृद्धिका लागि सबै क्षेत्रमा परिवर्तन आवश्यकः मोदी



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक बृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिएका छन् । उनले सबै क्षेत्रको विकास गर्दै मुलुकको आर्थिक बृद्धिदर बढाएर यो दशकलाई भारतको दशक बनाउन आह्वान पनि गरेका छन् ।

पछिल्लो ६–७ महिनामा विभिन्न क्षेत्रको पुनर्संरचनाको गति हेर्दा बढ्दै गएको देखिन्छ, कृषि, रक्षा, उड्यन, श्रमलगायतका क्षेत्रमा त्यस्तो देखिएको छ, उनले भने । प्रधानमन्त्री मोदीले यी सवै क्षेत्रले देशको आर्थिक बृद्धिका लागि सहयोग गर्न आवश्यक रहेको बताए ।

मैसुरु विश्वविद्यलयको एक कार्यक्रमलाई सोमबार भिडियोमार्फत् सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले युवाहरुले सवै क्षेत्रको पुनर्संरचना गर्दै देशलाई ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गरे । यस दशकमा हामीले देशको सवै क्षेत्रको जगलाई बलियो बनाउन आवश्यक छ, त्यो गर्न अहिले युवाहरुलाई ठूलो अवसर पनि छ, उनले भने ।

उनले कर्नाटक प्रदेशका विभिन्न क्षेत्रमा आएको बाढी पहिरो र त्यसले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । सवै प्रभावित र पीडितहरुका लागि प्रान्तीय सरकार र केन्द्रीय सरकारसँगसगै रहेको पनि उनले बताए । अत्यावश्यक र सक्दो सहयोग उनीहरुलाई दुवै सरकारको तर्फबाट हुने पनि प्रधानमन्त्री मोदीले आश्वासन दिए । देशको विकास र शिक्षाको उपयोगिताका लागि शिक्षाले सिप, पुनर्सिप र सिपको बृद्धिमा जोड दिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा पूर्वी रफाह तत्काल खाली गर्न सूचना जारी

  देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई तत्काल खाली

युक्रेन नजिकै सेनालाई आणविक अभ्यास गर्न पुटिनको आदेश

  रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३०

पाकिस्तान र इरानबाट निर्वासित अफगान आप्रवासीमाथिको दुर्व्यवहारको आलोचना

  पाकिस्तान र इरानमा अधिकारीहरूद्वारा अफगान आप्रवासीमाथि भएको दुर्व्यवहारको आलोचना गर्दै ती मुलुकबाट

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य