अदालतको आदेशपछि भारतको बाँके बिहार मन्दिर खुल्ला



भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ । कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको हो । विश्व विख्यात यस मन्दिर गत सात महिना अगाडिदेखि बन्द रहेको थियो ।

तर अहिले अदालतको मापदण्ड कडाईका सथा पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरुले जानकारी दिएका छन् । दर्शालुहरुलाई बिहान ८.३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५.३० देखि ९.३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ ।

दर्शालुहरुलाई सामाजिक दुरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्कलगाउने लगायतका नियम पूर्ण रुपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । हिन्दुहरुको अत्यन्त आस्था रहेको यस मन्दिरमा बर्षेनी लाखौ हिन्दु धर्माबलम्बीहरुले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टर्कीमा भूकम्पमा परी चार जनाको मृत्यु १२० जना घाइते

टर्कीमा शुक्रबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तिमा चार

स्पाइस जेट सामुद्रिक विमानमा परिणत हुँदै

भारतीय वायुसेवा स्पाइस जेट महामारीमा यात्रा वृद्धिका निम्ति सामुद्रिक विमानमा परिणत हुँदैछ। देशको

देशव्यापी लकडाउनको घोषणासँगै पेरिस छाड्नेको संख्या ह्वात्तै बढ्यो

फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन सुरु हुन केही घण्टा बाँकी रहँदा सडकमा व्यापक

इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने

फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको