विश्वका तीन करोड ९५ लाख कोरोना सङ्क्रमितमध्ये २ करोड ९६ लाख संक्रमणमुक्त


विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ९६ लाख ५३ हजार ४ सय भन्दाबढी मानिस संक्रमणमुक्त भएका छन् ।

चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाइरसबाट हाल विश्वका ३ करोड ९५ लाख ७३ हजार भन्दाबढी संक्रमित भएका छन् । यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ९ हजार ७० पुगेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ८८ लाख १० हजार ५ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ७१ हजार बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ८२ लाख ८८ हजार भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ५३ लाख ९५ हजार ४ सय भन्दाबढी निको भएका छन् भने २ लाख २३ हजार ६ सइ बढीको ज्यान गएको छ ।

यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७४ लाख ३० हजार ६३५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६५ लाख २१ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् भने १ लाख १३ हजार ३२ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५२ लाख १ हजार ५७० पुगेको छ भने १ लाख ५३ हजार २२९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४६ लाख १९ हजार ५ सय भन्दा बढी निको भएका छन् ।