अर्मेनिया र अजरबैजानलाई युद्धविरामको पालना गर्न रुसको आग्रह



रुसले अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना गर्न दुवै पक्षलाई आग्रह गरेको छ । रुसका रक्षामन्त्री सेर्गेइ सउगीले अर्मेनिया र अजरबैजानका रक्षामन्त्रीहरुलाई फोन गरेर रुसको पहलमा भएको युद्धविरामका शर्त पालना गर्न आग्रह गरेका हुन् ।

रुसको पहलमा एक हप्ता अघि रुसको राजधानी मस्कोमा यी दुई देशबीच काराबाख क्षेत्रको विषयलाई लिएर युद्ध विराम भएको थियो । तर पनि उक्त युद्ध विरामको उल्लंघन भइरहेको छ ।

रुसमा गरिएको अस्थायी युद्धविराम सहमतिलाई उल्लंघन गर्दै दुवै पक्ष आक्रमणमा उत्रिएका समाचारहरु पछिल्ला केही दिन यतादेखि नै आइरहेका छन् । नागोर्नो काराबाख प्रशासनले अजरबैजानले पछिल्लो पटक गरेको आक्रमणमा आफ्ना ४५ भन्दा बढी सैनिक मारिएका जनाएको छ ।

योसँगै गत सेप्टेम्बर २७ मा सुरु भएको युद्धका क्रममा ५ सय २५ सैनिक मारिएको दाबी स्थानीय प्रशासनले गरेको छ । उक्त क्षेत्रलाई अजरबैजानले दाबी गर्दै आएको छ तर पनि त्यहाँ अर्मेनियाली मुलका मानिसहरु बस्दै आएका छन् ।

अर्मेनियाली रक्षा मन्त्रालयले अजरबैजानका सैनिकले विवादास्पद क्षेत्रमा आक्रमण गरिरहेको जनाएका छन् । यस क्षेत्रमा पछिल्लो समयमा भएको युद्धविरामको उल्लंघनका विषयमा पनि एक आपसमा दोषारोपण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रत्येक वर्ष १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना

हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री

सन् २०२३ मा ईयूको रक्षा खर्च २७० अर्ब युरो पुग्ने

युक्रेनविरुद्ध रूसको युद्धका कारण सन् २०२३ मा युरोपेली सङ्घ (ईयू) को सैन्य खर्च

सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय

होन्डाले यो दशक दुईपाङ्ग्रे विद्युतीय सवारीमा लगानी गर्ने

  जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच