स्पेनमा बढ्न थाले कोरोना संक्रमित



स्पेनमा कोरोना भाइरस (कोभिड १९) का नयाँ सङ्ंक्रमित थपिन थालेका छन् । यहाँ पनि कारोना भाइरसको संक्रमणको दोस्रो वेभ आएको बताइएको थियो । .पछिल्ला एक हप्तामा कम्तीमा पनि सात हजार जनामा नयाँ संक्रमण देखिएको हो ।

यहाँ गरिएको परीक्षणका क्रममा सात दिनयता ७ हजार ११८ जनामा नयाँ सङ्क्रमण देखिएको हो । साथै गएको सात दिनमा यहाँ ४८० जनाको निधन भएको छ । स्पेनका स्वास्थ्य अधिकारीहरुले यस सङ्क्रमणबाट हरेक दिन कम्तीमा पनि ८० जनाले ज्यान गुमाउन थालेको बताएका छन् ।

उनीहरुले स्पेनमा पनि यो सङ्क्रमणको दोस्रो वेभ आएको र हिजो आज हरेक थप नयाँ नयाँ संख्यामा सङ्क्रमितहरु भेटिन थालेका पनि बताएको छ ।

चीनको हुबे प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०० भन्दा बढी देशमा फैलिएको छ । तर शुरुमा यो सङ्क्रमणले स्पेन र इटालीलाई निकै क्षति गराएको थियो । यहाँका स्वास्थ्य अधिकारीहरुले यो सङ्क्रमणका २ लाख ६८ हजार जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन् । पछिल्ला महिनाहरुमा स्पेनमा यसका सङ्क्रमितहरु निकै घटेकोमा हाल आएर बढ्न थालेका बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बन्दुकधारीको आक्रमणबाट इराकमा ११ जनाको मृत्यु

  इराकको पूर्वी प्रान्त दियालामा बिहीबार अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा

प्रत्येक वर्ष १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना

हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री

सन् २०२३ मा ईयूको रक्षा खर्च २७० अर्ब युरो पुग्ने

युक्रेनविरुद्ध रूसको युद्धका कारण सन् २०२३ मा युरोपेली सङ्घ (ईयू) को सैन्य खर्च

सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय