सुशान्त मृत्यु प्रकरणः सलमान, शाहरुख र आमिर खान समाचार प्रस्तोताविरुद्ध अदालतमा



भारतीय चलचित्र उद्योग बलीउडका केही ठूला निर्माता कम्पनीहरूले केही भारतीय सञ्चारमाध्यमको गैरजिम्मेवार रिपोर्टिङकाविरुद्ध अदालतमा मुद्दा हालेका छन् । यो घटना जुनमा अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपश्चात् सुरु भएको हो ।

उनले आत्महत्या गरेको ठानिएको छ । तर यो मामिलालाई लिएर महिनौँसम्म भारतका टेलिभिजन न्यूज च्यानलहरूले अनवरत रिपोर्टिङ गरेका छन् । शाहरुख खान, आमिर खान तथा सलमान खानसहितका बलीउडका दर्जनौँ निर्माता कम्पनीले अहिले ती रिपोर्टिङका केही शैलीलाई लिएर कारबाहीको माग गरेका हुन् ।

प्रतिवादीहरूका हिलो छ्याप्ने अभियानका कारण बलीउडसँग सम्बद्ध मानिसहरूको जीविकामा प्रभाव परेको रिट निवेदनमा जिकिर गरिएको छ । पछिल्ला महिनाहरूमा भारतीय सञ्चारमाध्यममा ती अभिनेताको निधनको समाचार छाएको थियो । अहिले दुईवटा च्यानल र तिनका चार समाचार प्रस्तोताविरुद्ध कुल ३४ निर्माता एवम् फिल्म उद्योगसम्बद्ध चारवटा सङ्घहरूले दिल्लीमा उक्त मुद्दा हालेका छन् । प्रतिवादीहरूको प्रतिक्रिया आइसकेको छैन ।

उक्त मुद्दा रिपब्लिक टीभी र त्यसका प्रस्तोता अर्णव गोस्वामी र प्रदीप भण्डारी अनि टाइम्स नाउ टीभी र उसका प्रस्तोता राहुल शिवशङ्कर र नविका कुमारविरुद्ध हालिएको छ । चौतीस वर्षीय राजपूत मुम्बईस्थित उनकै फ्ल्याटमा जुन १४ तारिख मृत फेला परेका थिए ।

उनले आत्महत्या गरेको प्रहरीले बताएको थियो । तर उनका परिवारले उनको प्रेमिका रिया चक्रवर्तीविरुद्ध आत्महत्या गर्न उक्साएको तथा अन्य अपराध गरेको भन्दै प्रहरीमा निवेदन दिए ।

चक्रवर्तीले ती आरोप अस्वीकार गरिन् । त्यसयता अभिनेत्री दीपिका पादुकोनसहित कैयौँ कलाकारसँग सोधपुछ गरिएको छ। ती कसैलाई कुनै गल्ती गरेको आरोप भने लगाइएको छैन । सो मामिलालाई अहिले तीनवटा सङ्घीय निकायले अनुसन्धान गरिरहेका छन् । अनुसन्धानकर्ताहरूले सञ्चारमाध्यममा बेलाबखत टुक्राटाक्री जानकारी दिन थालेपछि के भएको हो अनि को जिम्मेवार हो भन्ने विषयमा हल्ला तथा अनुमान व्याप्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ

बेइजिङ। चीनका एक उच्च आर्थिक अधिकारीले सोमबार बेइजिङ संयुक्त राज्य अमेरिकासँगको कठिन व्यापार

आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त

डोहा । अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा

यमनमा अमेरिकाद्वारा आठ सयभन्दा बढी हवाई हमला, ६८ जनाको मृत्यु

यमन । यमनमा हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी सेनाले हाल एक महिना लामो सैन्य

नोबेल पुरस्कार विजेताहरूद्वारा ट्रम्प र पुटिनलाई आणविक निःशस्त्रीकरणका लागि भेट्न आग्रह

जेनेभा । आणविक हतियारहरू निर्मूल गर्न अभियान चलाइरहेका नोबेल शान्ति पुरस्कार विजेता तीन