आर्मीनीया र अजरबैजानबीच फेरि लडाइँ सुरु



आर्मीनीया र अजरबैजानबीच युद्धविरामको समय सुरु भएको केही घण्टामै ताजा लडाइँका विवरणहरू आएका छन् । विवादित नगोर्नो काराबाख क्षेत्रको राजधानी स्टेपनाकर्टमा शनिवार बेलुकी बम पड्किएको प्रत्यक्षदर्शी तथा आर्मीनीयाली सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि दुवै पक्षले एकअर्कामाथि बमबारीको आरोप लगाएका छन् । दुई साताको लडाइँपश्चात् दुवै देशले शुक्रवार मस्कोमा भएको वार्तामा अस्थायी युद्धविराम गर्न सहमति जनाएका थिए । शनिवारदेखि नै लागु हुने भनिएको युद्धविरामको पालना गर्न आर्मेनिया तथा अजरबैजानलाई अन्तर्राष्ट्रिय अपील गरिएका छन् ।

युरोपेली युनियनको विदेशनीति प्रमुख जोसेप बोरेलले थप गैरसैनिक हताहत भएका विवरणले आफू निकै चिन्तित भएको बताए । दुई देशबीच वार्ताको मध्यस्थता गरेका रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले युद्धविराम पूर्ण पालना हुनुपर्ने बताए । उनले टर्कीका विदेशमन्त्री मेभलुत कोभुसोग्लुसँग पनि कुराकानी गरेका छन् । रुसको मध्यस्थतामा दुई देशका विदेशमन्त्रीले १० घण्टा वार्ता गरेका थिए ।

टर्की अजरबैजानको मुख्य समर्थक देखिएको छ । आइतवार अबेर स्टेपनाकर्टस्थित अधिकारीहरूले त्यहाँ पुनः गोलाबारी भएको बताए । यसअघि अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले उनको देशको दोस्रो सहर गान्जामा बसोबास भएका क्षेत्रमा रकेट प्रहार गरिएपछि आर्मीनीयामाथि युद्ध अपराधको आरोप लगाए। त्यसमा ९ जनाको ज्यान गएको अजेरी अधिकारीहरूले बताएका छन् ।

दुई देशबीच लामो समयदेखि विवादित रहँदै आएको क्षेत्रलाई लिएर सेप्टेम्बर २७ देखि सुरुरु भएको पछिल्लो लडाइँका कारण ३०० जनाको ज्यान गइसकेको छ भने हजारौँ मानिस विस्थापित भएका छन् ।

नगोर्नो काराबाख जातीय आर्मीनीयालीहरूको नियन्त्रणमा छ जबकि आधिकारिक रूपमा यो अजरबैजानको भूभाग मानिन्छ । यसबीच अमेरिकाकी सेलेब्रिटी किम कार्दाशियानले युद्धबाट पीडित आर्मीनीयालीका निम्ति आफूले १० लाख डलर चन्दा दिने सामाजिक सञ्जालमा घोषणा गरेकी छन् । उनका पुर्खा आर्मीनीयाली हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रत्येक वर्ष १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना

हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री

सन् २०२३ मा ईयूको रक्षा खर्च २७० अर्ब युरो पुग्ने

युक्रेनविरुद्ध रूसको युद्धका कारण सन् २०२३ मा युरोपेली सङ्घ (ईयू) को सैन्य खर्च

सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय

होन्डाले यो दशक दुईपाङ्ग्रे विद्युतीय सवारीमा लगानी गर्ने

  जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच