विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ८१ हजार नाघ्यो



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख ८१ हजार ४ सय १९ पुगेको छ । विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ८३ लाख ४७ हजार २ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाइरसबाट हाल विश्वका ३ करोड ७७ लाख ४० हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ३२९ जना संक्रमित भएका छन् भने ३ हजार ८६८ जनाको मृत्यु भएको छ । त्यस्तै, २ लाख ३३ हजार ८२२ जना संक्रमण मुक्त भएका छन् ।

हाल विश्वमा ८३ लाख १२ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेको छ भने ६८ हजार ७ सय बढीको अवस्था गम्भीर रहेकोे वल्डोमिटरमा उल्लेख छ । कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७९ लाख ९१ हजार ९ सय ९८ पुगेको छ । यस्तै, २ लाख १९ हजार ६ सय बढीको मृत्यु भएको छ भने ५१ लाख २८ हजार भन्दाबढी निको भएका छन् ।

छिमेकी मुलुक भारतमा ७१ लाख १९ हजार भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ९ हजार १ सय ८४ पुगेको छ । संक्रमितमध्ये ६१ लाख ४६ हजार ४ सय भन्दा धेरै निको भएका छन् । ब्राजिलमा ५० लाख ९४ हजार भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ५० हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४४ लाख ७० हजार भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेतन्याहूविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ पुनः सुरु

गाजा पट्टीमा हमासविरुद्ध जारी युद्धका बावजुद इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दा सोमबारदेखि

गाजामा मानवीय पीडा ‘असहनीय’ भएको आईसीआरसी प्रमुखको भनाइ

प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि आह्वान गर्दै अन्तरराष्ट्रिय रेडक्रस समितिका अध्यक्ष सोमबार

भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु

उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको छ

गाजामा १५ हजार प्यालेस्टिनीको मृत्यु

  गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५