कोलम्बियाका पूर्वराष्ट्रपति उरिबे नजरबन्द मुक्त



कोलम्बियाको एक अदालतले कोलम्बियाका पूर्व सिनेटर तथा पूर्वराष्ट्रपति अल्भारो उरिबेलाई नजरबन्दबाट मुक्त गर्ने आदेश दिएको छ । उनलाईँ दुई महिनाभन्दा बढी समयदेखि घरमा नजरबन्दमा राखिएको थियो ।

यद्यपि उरिबेविरुद्धको कथित घूसखोरी र प्रक्रियात्मक ठगीको लागि अनुसन्धानमा जारी रहेको अदालतले जनाएको छ । यसै विषयलाई लिएर पूर्वराष्ट्रपति उरिबेका एक वकिललाई हिरासतमा राखिएकोे छ । प्रतिपक्षी सिनेटर इभान सिपेडाले एक अर्ध–सैनिक समूहसँगको सम्बन्धको आरोप उरिबे र उनको भाइकोविरूद्ध लगाएका थिए ।

उरिबेले उल्लेखित घटनामा आफ्नो कुनै सम्लग्नता नरहेको बताउँदै गरेको गुनासोमाथि सुनुवाई गर्दै अदालतले उनलाई सफाइ दिएको हो । उरिबे डिमोक्रेटिक सेन्टर पार्टीका सिनेटर हुँदै राष्ट्रपतिमा निर्वाचित बनेका थिए ।

न्यायाधीशले उरीबेलाई नजरबन्दबाट मुक्त गर्ने निर्णयको सिपेडाले सम्मान गर्ने तर यस मुद्दामा आफ्नो अधिकारको प्रयोग गर्दै माथिल्लो अदालतमा पुनरावेदन गर्ने बताए । अगस्टमा राष्ट्रपति इभान डुकले सर्वोच्च अदालतले उरीबेलाई नजरबन्दमा राख्ने निर्णय गरेकोमा दुःख व्यक्त गर्नुभएको थियो । उहाँले उरिबेले अदालतबाट न्याय पाउनेमा विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी

  कार्बन डाइअक्साइड उत्सर्जनको चरम अवस्थामा पुग्ने लक्ष्यसहित चिनियाँ सरकारले बुधबार पाइलट सहर

बेल्ट एण्ड रोड परियोजनाबाट पछि हट्यो इटाली

चीनको विशाल बेल्ट एण्ड रोड पूर्वाधार पहलबाट इटाली औपचारिक रूपमा पछि हटेको छ

समुद्रबाट भागेर नयाँ जीवनको योजना बनाउँदै उत्तर कोरियाली ‘भगौडा’

  मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको

चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबीच इजराइल–हमास युद्धबारे छलफल

  चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजराइल–हमास युद्धबारे छलफल गरेको