ट्रम्प अब अरूलाई कोभिड सार्ने खतराभन्दा बाहिरको अवस्थामा



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अब अरूलाई कोभिड सार्ने खतराभन्दा बाहिरको अवस्थामा पुगेका उनको उपचारमा रहेका चिकित्सकले बताएका छन् । ट्रम्पको उपचारमा संलग्न डाक्टर सीन कोन्लीले दिएको यो विवरण नै ट्रम्पको स्वास्थ्यबारे बिहीवार यताको पहिलो औपचारिक विवरण हो ।

भाइरस सङ्क्रमणका कारण अस्पतालमा भर्ना भए यता पहिलोपटक राष्ट्रपति ट्रम्पले शनिवार ह्वाइट हाउसमा समर्थकहरूको भिडलाई सम्बोधन गरेका थिए । तीन दिन अस्पताल उपचार गराएका ट्रम्पले अरूलाई रोग सार्ने हुन् कि भनेर गम्भीर चासो व्यक्त भएको थियो । डाक्टरले उनको शरीरमा अब ‘भाइरस सङ्ख्या बढाउन सक्ने किसिमको स्थितिमा नरहेको’ भन्दै उनको शरीरमा भाइरसको सङ्ख्या पनि घटिरहेको लेखेका छन् ।

तर विज्ञप्तिमा ट्रम्प कोभिड १९ नेगेटिभ भए नभएको उल्लेख गरिएको छैन । डा कोन्लीले राष्ट्रपति ट्रम्पको शरीरमा कति भाइरस छ भन्ने जाँचिएको बताए । उनले भने. ‘राष्ट्रपति सीडीसीले तय गरेको मापदण्ड बमोजिम आइसोलेशनबाट बाहिर निस्कने अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु।

आज बिहानको सीपीआर जाँचबाट उनीबाट अब अरूलाई कोभिड १९ सर्ने खतरा छैन।’ ट्रम्पलाई दश दिन अघि कोरोनाभाइरसको लक्षण देखिएको थियो। पछि उनले अक्टोबर २ तारिखका दिन अस्पताल भर्न गरिएको थियो ।

अस्पतालमा उनलाई अन्य औषधि सहित डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो जुन प्रायजसो भाइरसका कारण स्वास्थ्य अवस्था गम्भीर रहेकाहरूलाई दिने गरिन्छ । डाक्टर कोन्लीको यो पछिल्लो अभिव्यक्ति ट्रम्पले ह्वाइट हाउसमा भएको एक भेलामा आफूले राम्रो महसुस गरिरहेको बताएसँगै सार्वजनिक भएको हो।

उनले हाल आफूले कोभिड १९ विरुद्ध कुनै पनि किसिमको औषधि नलिएको बताएका छन् । शनिवारको उक्त कार्यक्रम आधिकारिक रूपमा शान्तिपूर्ण र्याली थियो। तर आलोचकहरूले भने त्यो कार्यक्रम ट्रम्पको चुनावी अभियान जस्तो देखिएको टिप्पणी गरेका छन् ।

आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनमा उनका विपक्षी जो बाइडन हाल पेन्सलभेनियामा चुनावी अभियानमा सामेल छन् । सर्वेक्षणहरूका अनुसार बाइडन ट्रम्प भन्दा एक अङ्कले अगाडि छन् । एबीसी न्यूजले गरेको सर्वेक्षणमा ट्रम्पले कोरोनाभाइरस महामरी व्यवस्थापन गरेको विषयलाई ३५ प्रतिशत अमेरिकीहरूले अनुमोदन गरेका छन् ।

हालसम्म २१४,००० भन्दा बढी अमेरिकीहरूको कोभिड(१९ का कारण मृत्यु भएको छ । जोन्स हप्किन्स विश्विद्यालको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा सङक्रमित हुनेहरूको सङ्ख्या ७७ लाख भन्दा बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी

  कार्बन डाइअक्साइड उत्सर्जनको चरम अवस्थामा पुग्ने लक्ष्यसहित चिनियाँ सरकारले बुधबार पाइलट सहर

बेल्ट एण्ड रोड परियोजनाबाट पछि हट्यो इटाली

चीनको विशाल बेल्ट एण्ड रोड पूर्वाधार पहलबाट इटाली औपचारिक रूपमा पछि हटेको छ

समुद्रबाट भागेर नयाँ जीवनको योजना बनाउँदै उत्तर कोरियाली ‘भगौडा’

  मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको

चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबीच इजराइल–हमास युद्धबारे छलफल

  चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजराइल–हमास युद्धबारे छलफल गरेको