विश्वमा दुई करोड ८१ लाख मानिस कोरोना संक्रमणमुक्त
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ८१ लाख १२ हजार ४ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ६९४ जना संक्रमण मुक्त भएका छन् ।
चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड ७४ लाख ५९ हजार ९ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८७८ जना संक्रमित भएका छन् भने ५०७५ जनाको मृत्यु भएको छ ।
यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ७७ हजार ४ सय ७१ पुगेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ८२ लाख ७० हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६८ हजार ६ सय बढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७९ लाख ४५ हजार ५ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ५० लाख ८९ हजार ८ सय भन्दाबढी निको भएका छन् भने २ लाख १९ हजार २ सय बढीको ज्यान गएको छ ।
यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७० लाख ५१ हजार ५ सय ४३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६० लाख ७४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ८ हजार ३७१ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५० लाख ९१ हजार ८४० पुगेको छ भने १ लाख ५० हजार २३६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४४ लाख ५३ हजार भन्दा बढी निको भएका छन् ।