बेरुतको घना बस्तीमा इन्धन ट्याङ्कमा आगो लागेर विष्फोट, चार जनाको मृत्यु



लेबननको राजधानी बेरुतस्थित एउटा घना बस्तीमा इन्धन भरिएको ट्याङ्क विस्फोट हुँदा कम्तीमा चार जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

तारिक अल दिदे जिल्लामा ट्याङ्कमा आगो लागेपछि विस्फोट भएको थियो । साँघुरा गल्लीहरू रहेको घटनास्थलमा आगोका लप्काले भवनहरूलाई छोइरहेको भिडिओ फूटेजमा देखिन्छ । आगो लाग्नुको कारणबारे केही खुल्न सकेको छैन । उद्धार कार्य जारी रहेको विवरणहरूमा जनाइएको छ ।

गत अगस्ट महिनामा २०३ जनाको ज्यान लिनेगरी भएको विस्फोटनपछि पनि थप विस्फोटन भएकाले मानिसहरू अत्तालिएका थिए । गम्भीर आर्थिक सङ्कट र कोरोनाभाइरस महामारीलाई लिएर मानिसहरूमा असन्तुष्टि बढ्दै गएको बेला यो घटना भएको छ ।

शुक्रवार अग्निनियन्त्रकहरूले घटनास्थलनजिकै भएका भवनको बार्दलीबाट मानिसहरूलाई उद्धार गर्न भर्याङ प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।