एक हजारभन्दा बढी अवैध अफ्रिकी आप्रबासी स्पेन प्रवेश



पछिल्ला ४८ घण्टामा एक हजार भन्दा बढी अवैध अफ्रिकी आप्रवासीहरू स्पेनी क्यानरी टापुमा अवतरण गरिसकेका स्पेनी रेडक्रस सोसाइटीले जानकारी गराएको छ । रेडक्रसका अनुसार कम्तीमा १० बर्षमा अफ्रिकाबाट स्पेन पुग्ने आप्रबासी शरणार्थीको सङ्ख्या यति धेरै देखिएको थिएन ।

युरोपको किनारमा भूमध्यसागरीय मार्गमा टर्की, मोरक्को र लिबियाले कडा नियन्त्रण गरेपछि अफ्रिकी आप्रवासीहरू पछिल्ला केही दिनहरूमा क्यानरी टापुहरूतर्फ लाग्न थालेका हुन् । बिहीबारदेखि विभिन्न ३७ डुङ्गामा एक हजार १५ आप्रबासी, शरणार्थी लान्जारोट, फुर्तेभेन्तुरा, ग्रान्ड क्यानरिया र टेनेरिफ टापुहरूमा आइपुगेका छन् ।

ग्रान्ड क्यानरिया र टेनेरिफ क्षेत्रहरू अफ्रिकाको समुद्री तटबाट करिब ३०० किलोमिटर रहेका छन् । स्पेन रेडक्रसका प्रवक्ताले भने, “धेरैजसो आप्रवासीहरू उत्तर अफ्रिका वा सब–सहारा क्षेत्रमा रहेका अफ्रिकी देशबाट आएका थिए र उनीहरूको स्वास्थ्य राम्रो रहेको पाइएको छ ।”

उनीहरू सबैको कोभिड–१९ परीक्षण गरिएकोमा सबैको रिपोर्ट आइसकेको र कोही पनि सङ्क्रमित नभेटिएको रेडक्रसले जनाएको छ । यो सङ्ख्या झण्डै सन् २००६ तिरको तथ्याङ्कसँग मिल्दोजुल्दो पाइएको छ ।

उक्त समयमा मासिकरूपमा स्पेनी क्यानरी टापूमा पुग्ने आप्रबासीको सङ्ख्या करिब ३० हजारको हाराहारीमा रहेको थियो । यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्ममा करिब छ हजार आप्रबासी क्यानरी टापुमा अवतरण गरेका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा करिब छ गुणा बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन

इरान र अमेरिकाबीच नयाँ चरणको आणविक वार्ता सुरु

ओमान । संयुक्त राज्य अमेरिका र इरानबीच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता

अमेरिकामा दादुराका ८०० भन्दा बढी बिरामी भेटिएको पुष्टि

लस एन्जलस । अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको