कमजोर स्वास्थ्य संरचनाका कारण कोभिडबाट १० लाख मानिसको ज्यान गएको गुटरेसको भनाई



संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताएका छन् ।

महासचिव गुटर्रेसले कोभिड १९ को महाहामारी शुरु भएपछि यसबाट दश लाभन्दा बढी मानिसको ज्यान गएको र यतिधेरै नागरिकको ज्यान जानुमा ती देशको कमजोर अवस्था भएको बताएका हुन् ।

गुटर्रेसले कतिपय नागरिकको स्वास्थ्यमा पहुँच नै नभएको त कतिपय देशमा नागरिकका लागि आवश्यक र पर्याप्त मात्रामा स्वास्थ्यका संरचना तथा सुविधा नै नभएको बताए । उनले गत वर्ष आफूले नै विश्वमा स्वास्थ्य सुविधा सबै नागरिकको पहुँचमा नरहेको र महंगो बन्दै गएको स्वस्थ्य सुविधा लिन नागरिकहरुको सामथ्र्य नभएको बताएको स्मरण गरे ।

यस्तो अवस्थामा अकस्मात कोभिड १९को महामारी बढ्दै गएपछि यस संरचनाबाट नै धेरै नागरिकले सुविधा पाउन नसकेका उनले बताए । अहिलेको अवस्थामा नागरिकलाई स्वास्थ्य सुविधामा पहुँच बढाउनुपर्नेमा उले जोड दिए ।

उनले विश्वमा दश लाखभन्दा बढी नागरिकको ज्यान गएको भन्दै अबका दिनमा सबै नागरिकलाई स्वास्थ्य सुविधाको उपलब्धताका लागि लाग्न विश्वका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । आफूले गत वर्षमात्र पनि विश्वको कम्तीमा पनि आधाजति जनसंख्या पर्याप्त स्वास्थ्य सुविधाबाट वञ्चित नै हुनुपर्ने अवस्था रहेको कुरा औंल्याएको तर त्यस समयमा कुनै पनि देशले आफ्नो कुरामा ध्यान नदिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काको पर्यटन क्षेत्रको ४ वर्षमा सबैभन्दा बढी जनवरीमा मासिक आम्दानी

श्रीलङ्काको पर्यटन क्षेत्रले गत जनवरी महिनामा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी गरेको

बाइडेनद्वारा गाजामा अमेरिकी सहायता कटौतीको घोषणा

  सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करीब १००

अफगानिस्तानमा भारी हिमपात हुँदा १५ जनाको मृत्यु

अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु

नभाल्नीको अन्तिम संस्कारमा पुटिनविरुद्ध नाराबाजी

बीबीसी । दुई साताअघि जेलमा निधन भएका रुसी प्रमुख विपक्षी नेता एलेक्सी नभाल्नीको