अमेरिकाद्वारा १८ देशबाट आयात हुने ‘एल्युमिनियम’ मा थप कर वृद्धि



अमेरिकाले जर्मनी, स्पेन र ब्राजिललगायतका विभिन्न १८ मुलुकबाट आयात गरिने ‘एल्युमिनियम’ ले अमेरिका फोहोर थुपार्ने स्थलका रूपमा प्रयोग भएको आरोप लगाउँदै त्यसमाथि नयाँ कर लगाउने घोषणा गरेको छ ।

अमेरिकी वाणिज्यमन्त्री विल्बर रसले चीन सूचीमा नभएको तर आंशिक रूपमा ‘एल्युमिनियम शीट’ आयातको बाढीका लागि जिम्मेवार भएको र यसले अमेरिकी घरेलु उत्पादकहरूलाई कमजोर बनाउन सक्ने बताए ।

“वास्तवमै के हुँदैछ भने चिनियाँ अधिक क्षमता अन्य बजारमा फ्याँकिएको छ । फलस्वरूप, यहाँ फ्याँकिएका ती सामानले अमेरिकी उत्पादनलाई विस्थापन गरेको,” रसले फक्स बिजÞनेस नेटवर्कमा भने । “यो धेरै नै जटिल कार्य हो तर बजारीकरणका सञ्जालले अमेरिकामा धेरै अनावश्यक सामानहरू थुप्रिन्छन् र हामीले यसैलाई व्यवस्थित गर्दैछौं ।”

अमेरिकी पछिल्लो निर्णयले जर्मनी र ब्राजिलबाट आयात हुने एल्युमिनियममा क्रमशः ३६३ प्रतिशत र १३७ प्रतिशत कर वृद्धि हुनेछ ।

अमेरिकाले गत वर्ष जर्मनीबाट २८ करोड ७० लाख अमेरिकी डलर र ब्राजिलबाट नौ करोड ७० लाख अमेरिकी डलर बराबरको एल्युमिनियम खरिद गरेको थियो । अमेरिकाको यो (प्रारम्भिक) निर्णय भएपनि अमेरिकी बाणिज्य विभागले करवृद्धि तत्कालै कायान्वयनमा आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेतन्याहूविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ पुनः सुरु

गाजा पट्टीमा हमासविरुद्ध जारी युद्धका बावजुद इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दा सोमबारदेखि

गाजामा मानवीय पीडा ‘असहनीय’ भएको आईसीआरसी प्रमुखको भनाइ

प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि आह्वान गर्दै अन्तरराष्ट्रिय रेडक्रस समितिका अध्यक्ष सोमबार

भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु

उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको छ

गाजामा १५ हजार प्यालेस्टिनीको मृत्यु

  गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५