झारखण्डको उच्च अदालतद्वारा लालु यादवलाई जमानत



बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उनलाई जमानत दिएको अदालतले जनाएको छ ।

बिहार विधान सभाको चुनावअघि यादवलाई एउटा मुद्दामा जमानत दिएसँगै बिहारको चुनावी राजनीति तरंगित बनेको छ । तर, यादवमाथि लागेको चारा घोटालासँग सम्बन्धित अर्को मुद्दा भने विचाराधीन अवस्थामै रहेकाले यादव जेलमै रहनु पर्नेछ । यादव हाल स्वास्थ्य समस्या देखाउँदै महिनौंदेखि राजेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा भर्ना भएका छन् ।

लालु यादव सन् २०१७ को डिसेम्बरदेखि जेलमा छन् । उनले भारतीय फौजदारी संहिता बमोजिम सात वर्ष र चारा घोटाला सम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाएका छन् । लालु यादव बिहारको मुख्यमन्त्री भएका बखत सन् १९९१ र १९९६ मा बिहारस्थित पशुपालन विभागको एक परियोजनाबाट गैरकानुनी तरिकाबाट तीन करोड ५० लाख भारतीय रुपैयाँ झिकेको यादवमाथि आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समुद्रबाट भागेर नयाँ जीवनको योजना बनाउँदै उत्तर कोरियाली ‘भगौडा’

  मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको

चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबीच इजराइल–हमास युद्धबारे छलफल

  चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजराइल–हमास युद्धबारे छलफल गरेको

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

  मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रु बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७

सुदूर अन्तरिक्षमा पृथ्वीभन्दा ठूला ६ वटा ग्रह फेला

बीबीसी । अनुसन्धानकर्ताहरूले ब्रह्माण्डमा ‘सर्वोत्कृष्ट सौर्यमण्डल’ फेला पारेको बताएका छन् । विभिन्न आकारका