भारतका उपभोक्ता मामिलामन्त्री रामविलास पासवानको निधन



भारतका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री रामविलास पासवानको निधन भएको छ । मन्त्री पासवानका छोरा तथा लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्विटरमार्फत बुवाको निधन भएको जानकारी दिएका छन् ।

उनी लामो समयदेखि बिरामी थिए । हालसालै मुटुको अप्रेसन गराएका केन्द्रीय मन्त्री पासवानको दिल्लीस्थित एस्कर्ट्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी ७४ वर्षका थिए । ५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय रहेका पासवान भारतका प्रमुख दलित नेतामा गनिन्थे ।

८ पटक लोकसभा सदस्य बनेका पासवान पछिल्लो पटक भने राज्यसभा सदस्य रहेका थिए । यसअघि उनले रेल, सञ्चार तथा सूचना प्रविधि, खनिजलगायतमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । पासवान कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स(यूपीए) र बीजेपी नेतृत्वको नेसनल डेमोक्रेटिक अलायन्स(एनडीए) दुवैमा रहेर काम गरेका छन् ।

तर पछिल्लो पटक उनका छोरा चिरागले लोक जनशक्ति पार्टी बिहार एनडीएमा गठबन्धनबाहिर रहेर विधानसभा चुनावमा उत्रिने बताएका छन् । संयुक्त समाजवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका पासवान पछि जयप्रकाश नारायण नेतृत्वको लोकदलको महासचिव भए । सन् १९७५ मा इमर्जेन्सीका बेला जेल परेका पासवान जेलबाट छुटेपछि जनता दलमा संलग्न भए ।

सन् २००० मा जनता दलबाट फुटेर उनले लोक जनशक्ति पार्टी गठन गरेका थिए । सन् २००४ को लोकसभामा उनले कांग्रेस नेतृत्वको यूपीएसँग मिलेर चुनाव लडेका थिए । सन् २०१४ पछि भने उनको पार्टी बीजेपी नेतृत्वको एनडीए गठबन्धनमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेतन्याहूविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ पुनः सुरु

गाजा पट्टीमा हमासविरुद्ध जारी युद्धका बावजुद इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दा सोमबारदेखि

गाजामा मानवीय पीडा ‘असहनीय’ भएको आईसीआरसी प्रमुखको भनाइ

प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि आह्वान गर्दै अन्तरराष्ट्रिय रेडक्रस समितिका अध्यक्ष सोमबार

भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु

उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको छ

गाजामा १५ हजार प्यालेस्टिनीको मृत्यु

  गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५