दुर्गम स्थानमा चाँडै पुग्न जेट सूटको प्रयोग


हिँडेरै जानुपर्ने अप्ठ्यारो ठाउँमा अलपत्र वा बिरामी परेका व्यक्तिलाई उद्धार गर्न अब नयाँ उपाय उपलब्ध हुने भएको छ । वेलायतमा ग्रेट नोर्थ एयर एम्बुलेन्स सर्भिसले जेट सूट प्रयोग गरी उद्धारकर्तालाई उडाएर बिरामी भएको ठाउँसम्म चाँडै पठाउने प्रविधिको परीक्षण गरेको छ ।

जीएनएएएस र ग्र्याभटी इन्डस्ट्रीजले एक वर्ष लामो छलफलपछि वेलायतको लेक डिस्ट्रिक्टमा जेट सूटको परीक्षण उडान गरेका छन् । हिँडेर पुग्न २५ मिनेट लाग्ने ठाउँमा उद्धार र प्रारम्भिक उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू अब डेढ वा दुई मिनेटमै पुग्न सक्ने जीएनएएएसको भनाइ छ ।