राहुल र प्रियंका गान्धी पक्राउ



भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका दुई शीर्ष नेता बिहीबार गिरफ्तारीमा परेका छन् । पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रतमार्ग नजिकैबाट बिहीबार दिउसो गिरफ्तार गरेको हो ।

गत सेप्टेम्बर २९ तारिखका दिन सामुहिक बलात्कारपछि हत्या गरिएकीको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको समाचारमा जनाइएको छ । उनीहरुलाई उत्तर प्रदेशको प्रहरीले गिरफ्तार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

गान्धीद्धयसँगै अन्य केही नेताहरुलाई पनि गौतम बुद्ध नगरबाट गिरफ्तार गरेको हो । काँग्रेस कार्यकर्ताहरुका अनुसार दिल्ली नोइडा राजमार्गमा र्याली गरेर हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई प्रहरीले अवरोध गरेको थियो ।

प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले भारतमा सामान्य मान्छेहरु हिड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरे । गान्धीले आफूलाई प्रहरीले जवरजस्ती समातेर लाठी चार्ज गरेको, भुइमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन् ।

नोइडाको अतिरिक्त नायव प्रहरी आयुक्त रणविजय सिंहले कोरोनाभाइरसको महामारीका कारण सरकारले महामारी ऐन अनुसारको आदेशहरु जारी गरेको र त्यसलाई उहाँहरुले उलंघन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ