अमेरिकाद्वारा सरियाविरुद्ध थप प्रतिबन्धहरु घोषणा



संयुक्तराज्य अमेरिकाले एक दर्जनभन्दा बढी सिरियाली नागरिक र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गरेको छ । सिरिया सरकार विरुद्ध थप दबाब सिर्जना गर्न नयाँ प्रतिबन्धहरु घोषणा गर्नु परेको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिबन्ध घोषणा गरिएकाहरुमा सिरियाली गुप्तचर निकायका प्रमुख, सिरियाली केन्द्रीय बैंकका गभर्नर र एउटा व्यावसायिक संजाल रहेका छन् । अमेरिकी विदेश मन्त्रालयले पनि सिरियाली द्वन्द्वमा भूमिका रहेको भन्दै अरु तीन सिरियाली नागरिकलाई कालोसूचीमा राखेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार कालोसूचीमा राखिएका व्यक्तिको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको र ती व्यक्तिसँग कुनै पनि प्रकारको कारोबार नगर्न अमेरिकी नागरिकलाई पनि प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ