बाबरी मस्जिद घटनामा भाजपा नेताहरूले पाए सफाइ



भारतको एउटा अदालतले बाबरी मस्जिद ध्वस्त पारिएको मुद्दामा सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का ठूला नेताहरूसहित आरोपित सबैलाई सफाइ दिएको छ । सन् १९९२ मा हिन्दूहरूको भिडले उक्त मस्जिद भत्काएको घटनामा उनीहरूले कुनै गलत कार्य नगरेको भन्दै अदालतले सफाइ दिएको हो ।

भूतपूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणी तथा भाजपा नेता मुरली मनोहर जोशी तथा उमा भारतीले अयोध्या सहरमा सोह्रौँ शताब्दीमा बनेको बाबरी मस्जिद भत्काउन हिन्दू अतिवादीहरूलाई उकासेको भन्ने आरोपलाई अस्वीकार गरेका थिए ।

उक्त घटनापछि साम्प्रदायिक हिंसा हुँदा झन्डै दुई हजार जनाको मृत्यु भएको थियो । यो भारतमा हिन्दू दक्षिणपन्थी राजनीतिको उदयका लागि पनि एउटा महत्वपूर्ण क्षण थियो । बुधवारको फैसलामा ४९ आरोपितमध्ये ३२ जनालाई सफाइ दिइएको छ । १७ जनाको मुद्दाको फैसला आउनुअघि नै निधन भइसकेको थियो ।

अदालतले बाबरी मस्जिद भत्काउने योजना बनाएको पुष्टि गर्ने पर्याप्त प्रमाण नभएको भन्दै यस्तो फैसला गरेको हो । हिन्दूहरूका अनुसार उक्त मस्जिद भगवान् रामको जन्मस्थलमा बनाइएको थियो । उक्त ऐतिहासिक मस्जिदको भूमि हिन्दू वा मुस्लिम कसले पाउने भन्ने जग्गासम्बन्धी दशकौँ लामो मुद्दाको फैसला भएको एक वर्षपश्चात् बुधवारको फैसला आएको हो । गत वर्ष सर्वोच्च अदालतले दशकौँको विवाद समाप्त गर्दै उक्त स्थान हिन्दूहरूको भएको फैसला गरेको थियो ।

सर्वोच्चले अयोध्यामै अर्को एउटा जग्गा मुस्लिमहरूले पाउने र त्यहाँ उनीहरूले मस्जिद बनाउन सक्ने फैसला गरेको थियो । गत अगस्ट महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त स्थानमा भाजपाले चुनावी घोषणपत्रमा गरेको प्रतिबद्धताअनुसार राम मन्दिरको शिलान्यास गरिसकेका छन् ।

मुस्लिम र विपक्षी दलहरूले आरोपितहरूलाई सफाइ दिने अदालतको फैसलाको आलोचना गरेका छन् । भारतका मुस्लिमहरूको सामाजिक र राजनीतिक समूहहरूको प्रतिनिधित्व गर्ने एउटा प्रभावशाली संस्था अल इन्डिया मुस्लिम पर्सनल ल बोर्डले फैसलाविरुद्ध उच्च अदालतमा अपील गर्ने बताएको छ ।

विपक्षी नेताहरू र केही राजनीतिक विश्लेषकले यसमा सत्ताधारी दललाई दोष लगाएका छन् । विपक्षी कङ्ग्रेस पार्टीका प्रवक्ता रणदीपसिंह सुरजेवालाले यो फैसलालाई संविधानको भावनाविपरीत कानुनको गम्भीर उल्लङ्घनको सङ्ज्ञा दिएका छन् । कम्युनिस्ट पार्टी अफ इन्डियाका नेता सीताराम येचुरीले न्यायको पूर्णतः उपहास भनेका छन् ।

दक्षिणपन्थी हिन्दू समूहद्वारा आयोजित एउटा धार्मिक र्यालीका रूपमा सुरु भएको थियो। त्यसमा तात्कालिक प्रमुख प्रतिपक्षी दल भाजपा पनि सामेल थियो । उनीहरूले लामो समयदेखि बाबरी मस्जिद रहेको विवादित भूमिमा एउटा राम मन्दिर बनाउने वाचा गरेका थिए ।

ती समूहहरूले त्यस दिनको सभा प्रतीकात्मक हुने प्रतिबद्धता जनाएका थिए। उनीहरूले केही धार्मिक समारोह हुने तर मस्जिदलाई कुनै नोक्सान नपुर्याइने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’