पाकिस्तानमा भएको विस्फोटमा चार जनाको मृत्यु, १२ घाइते



पाकिस्तानको उत्तरी प्रान्त खैबर पाक्थुन्क्वा प्रान्तको मार्दन नगरमा बुधबार अपरान्ह भएको शक्तिशाली विस्फोटमा परी चार जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् । मार्दनको गज बजार क्षेत्रमा शक्तिशाली विस्फोट भएको बताइएको छ । उक्त विस्फोट कसले र किन गरेको हो भन्ने बारेमा केही पत्ता लागेको छैन ।

प्रहरीले यस विस्फोटका बारेमा खोजी गरिरहेको बताइएको छ । यस विस्फोटमा उक्त क्षेत्रका कतिपय भौतिक संरचामा पनि क्षति पुगेको बताइएको छ । प्रहरीले विस्फोटमा परी चार जनाको ज्यान गएको र अरु १२ जना घाइते भएका जानकारी दिएको छ । विस्फोटको कारणबारे अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ