ट्रम्प-बाइडन पहिलो पटक आमनेसामने बहसमा



संयुक्त राज्य अमेरिकामा नोभेम्बर महिना हुन लागेको राष्ट्रपतीय चुनावअघि दोस्रो कार्यकालका लागि चुनाव लड्दै गरेका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडनबीच पहिलो प्रत्यक्ष बहस भइरहेको छ । ट्रम्पले कर छलेको भन्ने खालको समाचार सार्वजनिक भएका बेला उक्त बहस सुरु भएको हो ।

बाइडनले भने बहस सुरु हुनु केही घण्टाअघि मात्र आफ्नो कर विवरण सार्वजनिक गरेका छन् । त्यसमा उनले सन् २०१९ मा करिब तीन लाख डलर कर तिरेको देखिन्छ । अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्व दिने गर्छन् ।

ओहायोको क्लिभल्यान्डबाट प्रत्यक्ष प्रसारण भइरहेको उक्त बहस लाखौँ मानिसले हेर्ने अपेक्षा गरिएको छ । कोरोनाभाइरसका कारण उक्त स्टुडियोमा भने केही मानिसहरू मात्र सहभागी छन्। बहसमा पन्ध्र पन्ध्र मिनेटका ६ वटा भाग हुनेछन् ।

त्यसमा अर्थतन्त्र, कोरोनाभाइरस र सर्वोच्च अदालत लगायतका विषयमा बहस केन्द्रित हुनेछ । हालै उनले सन् २०१६ मा मात्र ७५० डलर आयकर तिरेको सार्वजनिक भएको थियो । कोरोनाभाइरसका कारण यसपालि कार्यक्रमअघि दुई प्रतिस्पर्धीले हात नमिलाइकन बहस सुरु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत