आर्मेनिया र अजरबैजानबीच पृथक्तावादी क्षेत्रमा लडाइँ, कम्तिमा २४ जनाको मृत्यु



आर्मेनिया र अजरबैजानबीच पृथक्तावादी क्षेत्र नागोरनो–काराबाखका विषयमा शुरू भएको लडाइँ चर्किंदै गएको छ । अहिलेसम्म त्यहाँ २४ जनाको मृत्यु भइसकेको छ र सयौं मानिस घाइते भएका छन् । टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले आर्मेनियालाई धम्की दिँदै अजरबैजानलाई खुलेर समर्थन गरेका छन् ।

उता आर्मेनियाको परम्परागत सहयोगी रुसले तत्कालै युद्धविराम घोषणा गर्न र परिस्थितिलाई शान्त बनाउनका लागि वार्ताको आह्वान गरेको छ । आर्मेनियाले अजरबैजानका चारवटा हेलिकप्टर खसाएको र ३३ ट्यांक तथा लडाकू वाहनलाई पनि निशाना बनाएको दाबी गरेको छ ।

अहिले लडाइँ शुरू भएको ठाउँ अजरबैजानअन्तर्गत पर्छ तर सन् १९९४ देखि नै आर्मेनिया समर्थित फौजहरूको उपस्थिति छ । यसअघि जुलाई महिनामा पनि झडपहरू भएका थिए र १६ जनाको मृत्यु भएको थियो ।

अजरबैजानका केही क्षेत्रमा मार्सल ल लगाइएको छ र प्रमुख शहरहरूमा कर्फ्युको आदेश दिइएको छ । अजरबैजानले काराबाखमा रणनीतिक रूपमा महत्त्वपूर्ण पहाडमा कब्जा गरेको बताएको छ ।

आर्मेनिया ईसाईबहुल तथा अजरबैजान बहुमत मुस्लिम भएको देश हो । अजरबैजानमा टर्किश मूलका धेरै मानिस बस्छन् । यो क्षेत्रीय युद्धमा परिणत हुने खतरा बढेको भनी विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत