विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ५२ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख २ हजार ३ सय ८९ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ५० भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३३ लाख ४ हजार ६ सय ६६ पुगेको छ । संक्रमितमध्ये २ करोड ४६ लाख ३४ हजार २ सय भन्दाबढी निको भएका छन् भने अहिले विश्वमा ७६ लाख ६७ हजार ९ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७३ लाख २१ हजार ३ सय नाघेको छ । यस्तै, २ लाख ९ हजार ४ सय बढीको मृत्यु भएको छ भने ४५ लाख ६० हजार ४ सय भन्दाबढी निको भएका छन् ।

छिमेकी मुलुक भारतमा ६० लाख ७३ हजार ३ सय ४८ जना संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९५ हजार ५ सय ७४ पुगेको छ । संक्रमितमध्ये ५० लाख १३ हजार ३ सय भन्दा धेरै निको भएका छन् ।

ब्राजिलमा ४७ लाख ३२ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ४१ हजार ७ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४० लाख ६० हजार भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ