आफ्ना नागरिकको हत्या छानविनका लागि संयुक्त टोली गठन गर्न दक्षिण कोरियाको आग्रह



दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालय, ब्लू हाउसले आइतबार उत्तर कोरियालाई अन्तर कोरियाली समुद्री सिमाना नजिक दक्षिण कोरियाली नागरिकको हत्याको संयुक्त छानबिन गर्न आग्रह गरेको छ ।

राष्ट्रपतिको कार्यालयअन्तर्गत राष्ट्रिय सुरक्षा कार्यालयका उप–निर्देशक सु चू–सुकले सीमानामा मारिएका आफ्ना सरकारी अधिकारीको अनुसन्धान गर्न र घटनाको सत्यता द्रुत रूपमा प्रकट गर्न संयुक्त समिति बनाउन उत्तर कोरियालाई आग्रह गरेका हुन् ।

सुले सञ्चार, छलफल र अनुसन्धानसँग सम्बन्धित जानकारीको आदानप्रदानका लागि अन्तर कोरियाली सैन्य हटलाइनहरू पुनः खोल्न पनि उत्तर कोरियासँग आग्रह गरिएको बताए ।

दुई देशले आ–आफ्नो क्षेत्रको पानीमा मृत व्यक्तिको लास खोज्ने वातावरण मिलाउन पनि उनले आग्रह गरेका छन् । दक्षिण कोरियाली सेनाले बिहीबार माछा पालक दक्षिण कोरियाली अधिकारीलाई अन्तर कोरियाली समुद्री सिमाना नजिक उत्तर कोरियाली सैनिकहरूले गोली हानी मारेका जानकारी सार्वजनिक गरेपछि प्योङयाङले ब्लू हाउसलाई शुक्रबार एउटा पत्र पठाएको थियो ।

जवाफमा दक्षिण कोरियाले पछिल्लो आग्रह गरेको हो । उत्तर कोरियाली केन्द्रीय समाचार संस्थाले प्योङयाङले खोजी अभियानको थालेको तर समूद्रमा आएका ठूला छालले मृत शरीरलाई दक्षिण पश्चिमतर्फ लगेको हुनसक्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’