एमी कोने ब्यारेट अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरुको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीश मनोनयन गरेका छन् । ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुनः निर्वाचित हुन मद्दत गर्ने अपेक्षा ट्रम्पको छ ।

पूर्व न्यायाधीश एन्टोनीन स्कालियाकी पूर्व सहयोगीका रुपमा समेत कार्य गरेकी ब्यारेटले आफू सर्वोच्च अदालतको न्यायाधीशका रुपमा मनोनयनमा परेकामा अति खुशी भएको भन्दै आफू स्कालियाको न्यायिक दर्शनबाट प्रभावित समेत रहेको बताएकी छन् । ४८ वर्षीया ब्यारेट ह्वाइट हाउसको रोज गार्डेनमा आफ्ना पति र सात बालबच्चासहित उपस्थित थिइन् ।

अमेरिकी माथिल्लो सदन सिनेटले उक्त नियुक्तिलाई सदर गरेमा हालै निधन भएकी सुधारवादी न्यायाधीश रुथ बाडर गिन्सबर्गको स्थानमा नियुक्त हुनेछिन् । रिपब्लीकन राष्ट्रपतिहरुले नियुक्त गरेकी उनी छैटौं न्यायाधीश हुनेछिन् भने राष्ट्रपति ट्रम्प एक्लैले तेस्रो नियुक्ति गर्नेछन् । अमेरिकी सर्वोच्च अदालतमा नौ जना न्यायाधीश हुने व्यवस्था छ ।

राष्ट्रपति ट्रम्पले ब्यारेट उच्चतम बौद्धिक र आचरण रहेको भन्दै प्रशंसा गरेका थिए । आफूले न्यायाधीशका लागि चयन गर्नुअघि ब्यारेटको व्यक्तिगत रेकर्ड राम्रोसँग हेरेको उनले बताएका छन् । रिपब्लीकन पार्टीका सिनेटरहरुले आगामी नोभेम्बर ३ अघि नै सुनुवाई प्रक्रिया पूरा गर्न आतुर रहेको बताइरहेका छन् ।

ब्यारेटको मनोनयन पूरा हुन सके सर्वोच्च अदालतको बहुमत दक्षिणपन्थी धारमा जाने भन्दै चौतर्फी विरोध र आशंका व्यक्त गरिएको छ । राष्ट्रपति ट्रम्प भने ब्यारेटको मनोनयनलाई सिनेटले अनुमोदन गरे आफूलाई राष्ट्रपति निर्वाचित गर्न ठूलो मद्दत पुग्ने विश्वासमा छन् ।

सन् २०१६ मा रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटले तत्कालीन राष्ट्रपति बाराक ओबामाले प्रस्ताव गरेका न्यायाधीश मरिक गार्लान्डलाई चुनावी वर्ष भन्दै अनुमोदन गर्न अस्वीकार गरेको थियो ।

तर यसपटक रिपब्लीकनको त्यही अडान फेरिएको छ । अर्थात् ४२ दिनभन्दा छोटो अवधिमा न्यायाधीश नियुक्तीलाई सदर गर्न सिनेटमा तयारी हुँदैछ ।

सिनेटमा बहुमत पार्टीका नेता मिच म्याककोनेलले सिनेटले आगामी सातामा ब्यारेटको नियुक्तिलाई सदर गर्ने दृढता व्यक्त गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ट्रम्प र रिपब्लीकन पार्टीले बेइमानी गरेको आरोप लगएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु

कराँची । पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको

अमेरिकी निर्वाचन : इरान र रुसले मतदाता विवरण पाएको अमेरिकी गुप्तचर निकायको भनाइ

अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले डेमोक्र्याटिक मतदाताहरूलाई तर्साउनेगरी इमेल पठाउने काममा इरान जिम्मेवार रहेको

विश्वमा एकैदिन ४ लाख ३४ हजार बढी मानिसमा कोरोना संक्रमण

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ९ लाखभन्दा बढी संक्रमणमुक्त

बुर्किना फासो, माली र नाइजरलाई एक अर्ब ७० करोड डलर मानवीय सहयोग

चरम मानवीय संकट व्यहोरिरहेका अफ्रिकाका साहेल क्षेत्रका तीन राष्ट्रका लागि २० भन्दा बढी