लेबनानका प्रधानमन्त्री मुस्तफाद्वारा राजीनामा



लेबनानका प्रधानमन्त्रीले शनिबार नयाँ मन्त्रीमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै राजिनामाको घोषणा गरेका छन् । लेवनान पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट माथि उठाउन सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले नसकेपछि राजिनामाको घोषणा गरेका हुन् ।

लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १९० व्यक्तिको ज्यान गएको थियो भने हजाराँै व्यक्ति घाइते भएका थिए । अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न सकेसम्म नयाँ मन्त्रिपरिषद गठन गर्न दबाब रहेको थियो । टेलिभिजन सम्बोधनमा उनले भने, “म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु ।”

धेरै धार्मिक समूहद्वारा पास भएर सरकार गठन हुने हुँदा लेबनानमा सरकार गठनमा प्रायः महिनौं लाग्छ । यसका लागि विनाशकारी १९७५ देखि १९९० सम्म भएको गृहयुद्धलाई अन्त्य गर्न गरिएका प्रमुख निर्णयहरूमा मुख्य दलहरूबीच सहमति आवश्यक पर्दछ । धेरैथरी धार्मिक समुदाय भएको यो राज्यमा सत्ता समीकरणका लागि भएको सहमतिका कारण सरकार गठन प्रक्रिया झन्झटिलो रहेको छ ।

लेबनानका ठूला शिया समुदायहरू अमल र हेज्बुल्लाको प्रतिनिधित्व गर्ने दुई मुख्य पार्टीहरुले नयाँ लाइनमा अगाडि बढ्ने अदीबको प्रयासहरुलाई सहयोग नगरेपछि सरकार गठन प्रक्रिया सफल हुन नसकेको उनको दावी छ ।

दुई दलले अर्थ मन्त्रालयलाई आफ्नो नियन्त्रणमा राख्ने आफ्नो मागलाई नमानेका र खासगरी अमेरिकालगायतका दातृ राष्ट्रको प्रधानमन्त्रीको पकडमा अर्थमन्त्री रहनुपर्ने दवावका कारण सरकार गठन प्रक्रिया अन्ततः असफल भएको छ ।

विश्लेषकहरूले अमलका एक पूर्व मन्त्री र हेज्बुल्लाहसम्वन्धित व्यवसायकाबिरूद्ध हालसालै लगाइएको अमेरिकी प्रतिबन्धलगायतका कारण पनि सरकार गठन प्रक्रिया असफल भएको बताएका छन् । राजनीतिमा कम पकड रहेका पूर्व राजदूत अविवलाई फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको लेबनान भ्रमणको केही घण्टा पहिलेमात्र गत अगस्ट ३१ राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’