पाकिस्तानी प्रधानमन्त्रीको टिप्पणीलाई भारतले दियो राजनीतिक पतनको सङ्ज्ञा



संयुक्त राष्ट्रसङ्घको महासभामा भारत र पाकिस्तानबीच फेरि जम्मूकश्मीर र आतङ्कवादको विषयमा विवाद भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रवारको बैठकमा सम्बोधन गर्दै ती विषय उठाएपछि राष्ट्रसङ्घका भारतीय प्रतिनिधिले प्रत्युत्तर दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

शुक्रवार खानले पहिलै रेकर्ड गरिएको भाषणमा जम्मूकश्मीर विवाद, अल्पसङ्ख्यकहरूसँग हुने व्यवहार र भारतको सत्तारूढ दल भाजपासँग सम्बन्धित सङ्गठन आरएसएसको विषय उठाउँदै भारतको आलोचना गरेका थिए । उनले भारतले कश्मीरमा मानवाधिकार हनन गरेको र सैन्य दमन गरेको आरोप लगाए ।

त्यसपछि भारतीय राजदूतले पाकिस्तानले लगाएका आरोपको खण्डन गर्दै उल्टै पाकिस्तानले आतङ्कवादलाई प्रोत्साहन गरेको र आफ्नो देशका अल्पसङ्ख्यक समुदाय र अन्य सम्प्रदायका मुस्लिमसँग अत्याचार गरेको दोषारोपण गरे । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरको विषय उठाउँदै भने, ‘जम्मू र कश्मीरको विवाद अन्तर्राष्ट्रिय वैधताका आधारमा समाधान नभएसम्म दक्षिण एशियामा शान्ति र स्थायित्व हुँदैन। सुरक्षा परिषद्ले यो डरलाग्दो विवाद रोक्नुपर्छ तथा ईस्ट टिमोरमा जसरी नै आफ्नो प्रस्ताव कार्यान्वयन गर्नुपर्छ।’ ‘म स्पष्ट पार्न चाहन्छु कि फासीवादी, अधिनायकवादी, आरएसएसको नेतृत्व भएको सरकार यदि पाकिस्तानसँग आक्रामक हुने प्रयास गर्यो भने उसले एउटा यस्तो देशसँग भिड्नुपर्नेछ जसले आफ्नो स्वतन्त्रताका लागि अन्तिम समयसम्म सङ्घर्ष गर्नेछ,’ उनले भने ।

खानले जम्मूकश्मीरमा भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको पनि आलोचना गरे । उनले भारतको राष्ट्रिय स्वयंसेवक दल अर्थात् आरएसएसका संस्थापकहरू नाजीबाट प्रेरित भएको आरोप लगाउँदै आरएसएसले मुस्लिम र इसाईँहरूलाई निसाना बनाउने गरेको दाबी गरे । इमरान खानको भनाइको भारतले कडा प्रतिवाद गरेको छ ।

संयुक्त राष्ट्रसङ्घमा भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले पाकिस्तानी प्रधानमन्त्रीको टिप्पणीलाई राजनीतिक पतनको सङ्ज्ञा दिएका छन् । उनले खानको भनाइ मिथ्या र व्यक्तिगत आक्रमण भएको भन्दै पाकिस्तानले अल्पसङ्ख्यकहरूको उत्पीडन तथा सीमापार आतङ्कवाद लुकाउने प्रयासमा त्यसो भनेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानको आणविक केन्द्रमा आक्रमण नगर्ने अमेरिकालाई इजरायली आश्वासन

वासिङ्टन । इजरायलले ह्वाइट हाउसलाई इरानमा नियोजित जवाबी आक्रमणका क्रममा त्यहाँको आणविक वा

उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’ रहेको रुसको भनाई

मस्को ।  क्रेमलिनले उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ ‘स्पष्ट’ रहेको बताएको छ

भारतीय विदेशमन्त्री पाकिस्तानमा

इस्लामाबाद । भारतीय विदेशमन्त्री सुबह्मण्यम जयशङ्कर मङ्गलबार साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनका

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान

वासिङ्टन । आइएमएफले धेरै देशका लागि वित्तीय अवस्था ‘अपेक्षाभन्दा खराब’ हुनसक्ने चेतावनी दिँदै