अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्धका लागि पूटिनको आग्रह



रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले शुक्रबार अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्ध स्थापनाका लागि आग्रह गरेका छन् । उनले रूस र अमेरिका दुबैले निर्वाचनमा पारस्परिक अहस्तक्षेपकारी भूमिकाका लागि समेत आग्रह गरेका छन् ।

रूसी प्रशासन केन्द्र, क्रेमलिनका अनुसार पूटिनले देशहरुलाई एक अर्काको आन्तरिक मामिलामा निर्वाचन लगायत सूचना र सञ्चार प्रविधिको प्रयोगसहित गैर–हस्तक्षेपको ग्यारेन्टी आदानप्रदान गर्न र यस क्षेत्रका सम्बन्धहरुलाई पुनः स्थापित गर्न आग्रह गरेका छन् ।

उनले द्वन्द्वमा ‘पहिलो प्रहार’ को व्यवहार नदेखाउन वा त्यस्ता विधिहरू प्रयोग नगर्न पनि विश्वव्यापी सम्झौताको आवश्यकतामाथि जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा चलिरहेका समय विश्वको ध्यान केन्द्रित गर्दै रूसी राष्ट्रपतिको यो धारणा आएको हो । सन् २०१६ को निर्वाचनमा हस्तक्षेपको आरोप रूसमाथि लागेको र अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि दिन नजिकिँदै जाँदा अमेरिकी निर्वाचनमा रूसले कुनै हस्तक्षेप नरहने विश्वास दिलाउने प्रयास राष्ट्रपति पूटिनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक