यूरोपेली परिषद्का प्रमुख मिशेलद्वारा आतङ्कवादविरुद्ध ऐक्यवद्धता



पेरिसस्थित हास्यव्यंग्य साप्ताहिक चार्ली हेब्डोको पूर्व कार्यालय बाहिर शुक्रबार भएको आक्रमणप्रति चासो व्यक्त गर्दै यूरोपेली परिषद्का प्रमुख चाल्र्स मिशेलले फ्रान्ससँग आतङ्कवादी गतिविधिविरुद्ध ऐक्यवद्धता जनाएका छन् । शुक्रबार एक व्यक्तिले चक्कू प्रहार गर्दा चार जना घाइते भएपछि मिशेलले फ्रान्सलाई सहयोगको सन्देश पठाएका हुन् ।

“फ्रान्समा एक समूहले लुकिछिपी आक्रमण गर्दा घाइते बनेका पीडित र उहाँहरूका आफन्तसँगै सम्पूर्ण फ्रान्सवासीप्रति यतिवेला म सहानुभूति व्यक्त गर्न चाहन्छु । युरोपको भूभागमा आतंकको कुनै ठाउँ हुनेछैन,” पूर्व बेल्जियमका प्रधानमन्त्रीले ट्वीटरमार्फत् लेखेका छन् । “यस घडीमा मेले फ्रान्सेली जनतासँग पूर्ण ऐक्यवद्धता व्यक्त गर्दछु ।”

सन् २०१५ जनवरीमा सोही स्थानमा एक आतङ्कवादी आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । शुक्रबार भएको आक्रमणलाई फ्रान्सले त्यही आक्रमणको झझल्को दिन गराइएको आतङ्कवादी प्रयास भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका