पेरिसस्थित हास्यव्यंग्य साप्ताहिक चार्ली हेब्डोको पूर्व कार्यालय बाहिर शुक्रबार भएको आक्रमणप्रति चासो व्यक्त गर्दै यूरोपेली परिषद्का प्रमुख चाल्र्स मिशेलले फ्रान्ससँग आतङ्कवादी गतिविधिविरुद्ध ऐक्यवद्धता जनाएका छन् । शुक्रबार एक व्यक्तिले चक्कू प्रहार गर्दा चार जना घाइते भएपछि मिशेलले फ्रान्सलाई सहयोगको सन्देश पठाएका हुन् ।
“फ्रान्समा एक समूहले लुकिछिपी आक्रमण गर्दा घाइते बनेका पीडित र उहाँहरूका आफन्तसँगै सम्पूर्ण फ्रान्सवासीप्रति यतिवेला म सहानुभूति व्यक्त गर्न चाहन्छु । युरोपको भूभागमा आतंकको कुनै ठाउँ हुनेछैन,” पूर्व बेल्जियमका प्रधानमन्त्रीले ट्वीटरमार्फत् लेखेका छन् । “यस घडीमा मेले फ्रान्सेली जनतासँग पूर्ण ऐक्यवद्धता व्यक्त गर्दछु ।”
सन् २०१५ जनवरीमा सोही स्थानमा एक आतङ्कवादी आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । शुक्रबार भएको आक्रमणलाई फ्रान्सले त्यही आक्रमणको झझल्को दिन गराइएको आतङ्कवादी प्रयास भनेको छ ।

प्रतिक्रिया